असोज १७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित चौसठ्ठी मोडमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको थियो। बिहान करिब ४ बजेको समयमा चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा पल्टिएको हो।

दुर्घटनामा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0