जेठ २२ गते
रौतहटको ईशनात नगरपालिका वडा न.-९ डुमरियामा अवस्थित नव निर्माण श्री जन्ता माध्यमिक बिधालयको कम्पाउन्ड वालको सिलान्यास नगर प्रमुख श्रीमती कौश्ल्या देवी द्वारा एक कार्यक्रम बिच सम्पन्न भएको छ।

सो बिधालय कम्पाउन्ड वाल निर्माणको लागि नगर प्रमुख श्रीमती कौशल्री देवीले नगर स्तरीय १९ लाखको बजेट बिनयोजन गरेको छ। यस भन्दा पहिला चार कोठे दुई तल्ले नया बिधालय भवन निर्माण गराउनु भएको छ।

“म अफनो कार्यकालमा यस बिधालयलाई एउटा नमुना बिधालय बनाउने छु। अहिले चार कोठे दुई तल्ले भवन नव निर्माण भएको छ र अरु बनाउने छु” नगर प्रमुख तथा नगर उपप्रमुख ज्यूले बताएका छन।

“शिक्षा मानव जीवनमा नभई नहुने तथा शिक्षा बिना मानिस धेरै नै मेहनत गर्ने गर्छन । सब पढो सब बढो नारा लगाउनु भएको छ। शिक्षा बाट कुनै पनि जातजातीका मानिस अब देखि शिक्षाबाट बन्चित रहदैन” समितिको अध्यक्ष बुन्निलाल प्रसाद कुशवाहाले बताएका हुन।

सो कार्यक्रम बिशिस्ट अतिथि नगर प्रमुख श्रीमती कौशल्या देवी प्रमुख अतिथि मो प्रवेज आलम तथा ब्यवस्थापन समितिको अध्यक्ष बुन्निलाल प्रसाद कुशवाहाको साथै सेख सेराज आलम तथा प्र.अ. दिपक कु.मेहताको उपस्थिति लगायत सर्वसाधारण बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0