टिकटोक भिडियो बनाउने क्रममा स्टन्ट गर्दा एक बालकको ज्यान गएको छ । मोटरसाईकलमा स्टन्ट गरी भिडियो बनाउने क्रममा एक बालकलाई ठक्कर दिएको हो ।

छिमेकी मुलुक भारतको बिहार राज्यको जयनगर क्षेत्रको सिमराढीस्थित सडकमा टिकटोक बनाउने क्रममा एक बालकलाई ठक्कर दिएको हो । ठक्कर दिने धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ७ बेलापट्टि बस्ने कुलदिप मण्डल रहेका छन् ।

टिकटोक भिडियो बनाउन जयनगरतर्फ गएका मण्डल चार साथीसँगै गएका थिए । नयाँ बनेको मधुवनी जिल्लाको सिमराढी सडकखण्डमा स्टन्ट गर्ने क्रममा सोही स्थान बस्ने एक १४ बर्षिय बालकलाई ठक्कर दिएपछि ज्यान गएको हो ।

टिकटोक भिडियो बनाउने क्रममा बालकको ज्यान उनीहरुले लिएका छन् । बीच सडकमा मोटरसाईकल स्टन्ट गर्ने क्रममा बालकलाई ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ ।

सो क्रममा धनुषाको बेलापट्टि बस्ने कुलदिप मण्डलको अवस्था गम्भिर रहेको छ । उनको उपचार जयनगरस्थित अस्पतालमा भईरहेको भारतीय प्रहरीले जनाएको छ ।

टिकटोक भिडियो बनाउने क्रममा स्टन्ट गरेका मण्डलका साथीद्धय रुबेन मण्डल र दुर्गेश कुमार साह प्रहरीको हिरासतमा रहेको छ । भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

टिकटोक बनाउन गएका राजन मण्डल भने फरार रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0