रौतहट, ५ साउन । बर्षौ देखि साँघुरो तथा हिड्ने खालको सडक नभएको स्थानमा मौलापुर नगरपालिकाको मेयर रीनाकुमारी साहको अथक प्रयासबाट सडक विस्तार गर्ने कार्य सुरु भएको छ ।
मौलापुर नगरपालिका अन्तर्गत पर्ने “बौद्धा–पथरा–पिपरिया” सडक खण्डलाई विस्तारको क्रममा नगरप्रमुख श्रीमती साहलाई स्थानीय बासिन्दाहरुले सहयोग साथ दिएको हो । जनताको साथलाई शिरोधार्य गर्दै नगरप्रमुख साहले बर्षौ देखि जिर्ण तथा साँघुरो बाटोलाई चौडिकरण गर्दै पक्कि कार्यलाई ग्राहता दिदै सडक विस्तार कार्यक्रमलाई अगाडी बढाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

३ वर्ष देखिको बिवादित सड़कलाई शुक्रवार नगरप्रमुख साहले बिस्तार गरी सुचारु गराउनु भएको उनले भने । “बौद्धा–पथरा–पिपरिया” सड़क खण्डको पथराबुधराममा आम जनताको सहयोगमा मेयरले साहलाई आम नागरिकले साथ दिएपछि सडक विस्तार तथा पक्कि ढलान सम्भव भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0