
सप्तरीमा माेटरबाट खेतमा पानी हालिरहेका एक किसानको करेन्ट लागेर ज्यान गएको छ ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको गए राति करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका मण्डललाई उपचारका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1















