रौतहट, २४ असोज । विश्व दृष्टि दिवश को सुखद अवसरमा बुधवार रौतहटको दुर्गा भगवती गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा स्थित सामुदायिक भवनमा डाक फाउन्डेशनको सहयोग, नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल गौर ८ पुरेनवा रौतहटको प्रमुख आयोजनामा तथा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहको स्थानीय आयोजना तथा तराई टप अनलाइन खवरको मिडिया स्पोन्सरसीपमा आज विश्व दृष्टि दिवसको सुखद अवसरमा निशुल्क शिविर सम्पन्न भएको हो ।


शिविरमा २५३ जना पुरुष, १५४ जना महिला गरी ४०७ जनाले आँखाको परिक्षण गराए । जसमा ७८ जनालाई मोतिया विन्दु भएको हुँदा उनीहरुलाई निशुल्क रुपमै शैल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले जानकारी दिए ।
१८१ जना आँखाको विरामीलाई चश्मा र १४८ जनालाई औषधी निशुल्क रुपमा उपलब्ध गराइएको कार्यक्रम संयोजक पाण्डेले बताउदै गाउँपालिकाका बासिन्दाहरु सहज रुपमा आएर लामबद्ध भई एकदमै अनुशासित रुपमा आँखाको परिक्षण गराएकोमा खुशी व्यक्त गरे ।


गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यक्ष शिला देवी, समाजसेवी तथा विधायक प्रत्यासी राजेश चौधरी, युवा नेता एवं समाजसेवी छोटन सिंह, वडा नम्वर १ का अध्यक्ष प्रदुम्न चौधरी, दुर्गा भगवती गाउँपालिकाको स्वास्थ्य संयोजक दिनेश महतो लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


शिविर संचालन भईरहेको वेला गौर आँखा अस्पतालको प्रशासन प्रमुख नागेश्वर चौधरी, लेखा प्रमुख पवन न्यौपाने सहितका पदाधिकारीहरुले अनुगमन गरेर शिविरको अवलोकन गरेको सत्येन्द्र पाण्डेले जानकारी दिए । शिविरमा नेत्र सहायक त्रय सुयोग्य मगर, दिनेश घिमिरे, अर्चना सिंहले ओपिडी संचालन गर्नु भएका थिए भने आई हेल्थ वर्कर उषा चौधरी, कर्मचारीहरु शिवशंकर महतो, राजेश कुमार यादवर गौरीशंकर राउत लगायतका कर्मचारीले शिविरमा आएका विरामीहरुलाई उपचार गराउनमा सहयोग पुर्याएको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0