
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज (सोमवार) एकजना भारतीय महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए।
उनले भने, ‘पक्राउ परेकी निज महिला इथियोपियाबाट गएराति कतारको दोहा हुँदै आज काठमाडौँ विमानस्थलमा ओर्लिएकी र काठमाडौँबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको हो।’
पक्राउ परेकी महिलाका साथबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायव महानिरीक्षक चन्दले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















