मंसिर २४ गते
रौतहटको गरुडा नगरपालिका अन्तर्गतका बिद्यालयहरुमा अध्यनरत बिद्यार्थीलाई नगर प्रमुख कन्थमणी प्र.जयसवालले लागुऔषध दुर्ब्यसन सम्बन्धी जनचेतना मुलक जानकारी दिनु भएको छ।

विद्यार्थीहरुलाई लागू औषध भनेको के हो ? लागू पदार्थ सेवन गर्दा के कस्ता बेफाईदाहरु हुन्छ? र हाम्रो समाजमा कस्ता असर पार्छ ? साथै यसबाट कसरी निबारण गर्न सकिन्छ ? भन्ने जानकारी गराउनु भएको छ।


सो संगै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक शिक्षा समेत जानकारी समेत गराउनु भएको छ । बिद्यार्थीहरुलाई लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने गर्छ र यसको प्रयोगको मात्रा बढ्दै गएपछि मानिस मृत्युको मुख सम्म पुग्ने भएकाले सचेत रहन सम्पुर्णमा आग्रह समेत गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0