रौतहट ०८ पुस ।
रौतहट जिल्लाको यमुनामाई गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृतको विषयमा २ साता देखि जारी रहेको विवाद अन्तत आजबाट सकिएको छ ।

संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सोहि पालिकामा कार्यरत कबिराज समुहका कर्मचारी रामश्रेष्ठ यादवलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी तोकेको एक साता नबित्दै पुनः प्रशासन शाखाका अधिकृत ओम प्रकास यादवलाई प्रमुख प्रशासक अधिकृतको रुपमा पठाए पछि सो पालिकामा जनप्रतिनिधिहरु बिच नै विवाद उत्पन्न भएको थियो ।

मन्त्रालयले १० दिन भित्र गाँउपालिकामा २ जना प्रशासकिय अधिकृत प्रमुख प्रशासकिय पठाएपछि सो पालिकाका जनप्रतिनिधिहरु दुई चिरामा बाडिएका थिए ।

गाँउपालि प्रमुख महमद साउदले निमित्त प्रमुख प्रशासकिय अधिकृत राख्ने मनसायले शाखा अधिकृत ओमप्रकास यादवलाई हाजिर नगराउने पक्षमा गए पछि केहि वडा अध्यक्षहरु पालिका प्रमुखको विरुद्ध गई स्थानिय तह संचालन ऐन अन्र्तगत रित्तपूर्वक खटि आएका ओमप्रकास यादवलाई नै हाजिर गराउनु पर्ने अडान लिएका थिए ।

यता गाँउपालिका प्रमुख साउदले ओमप्रकास यादवलाई हाजिर नगराउन नसक्ने भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेपछि ओमप्रकास यादवले अन्तिरीम आदेशको माग सहित उच्च अदालत विरगंजमा रिट दिएका थिए ।

सो रिट उपर अदालतले ओमप्रकास यादव लाई हाजिर गराउन यमुनामाई गाँउपालिकाको नाउमा अन्तिरीम आदेश दिए पछि जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा यादव आईतवार हाजिर भएका छन् ।

कार्यालयमा हाजिर हुन गएका यादवलाई सो पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामश्रेष्ठ यादवको ईसारामा केहि स्थानिय महिलाहरुले अवरोध सिर्जना गरेपनि प्रहरी प्रशासनको सक्रियताले ओमप्रकास यादव कार्यालयमा हाजिर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0