
रौतहट, १३ माघ । रौतहट सदरमुकाम गौरको राइस मिल्सको मैदानमा शनिवार देखि सुरु भएको मेयर कप २०८० को पहिलो खेलमा वडा नम्वर १ ले ६६ रनले जित हात पारेका छन् ।
टि–२० क्रिकेट अन्तर्गतको उदघाटन खेलमा वडा नम्वर १ ले वडा नम्वर ५लाई ६६ रनले पराजित गर्दै विजयी सुरुआत गरेका हुन् । उदघाटन खेलको पहिलो दिन आज वडा नम्वर १ ले पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १७२ रनको योगफल तयार पारेका थिए ।

प्रतिउत्तरमा मैदानमा ओर्लिएका वडा नम्वर ५ का टिमले २० ओभरमा अलआउट हुँदै १०६ रन मात्रै बनाएपछि ६६ रनले पराजय भोग्नु परेको छ । वडा नम्वर १ को लागि रबी साहले ८४ रन आफनो टिमको लागि बनाएका थिए । रबी साहलाई आजको म्यान अफ दि म्याचको पुरस्कारबाट सम्मानित गरिएको रौतहट क्रिकेट संघले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















