
चैत ८ गते
रौतहटको गरुडा नगरपालिका नगर सभाको १० औँ हिउँदे अधिवेशनमा उद्घाटन सत्र नगरपालिकाको सभा हलमा विहिबार सम्पन्न भएको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जैसवाल ,उप प्रमुख पुनम चौधरी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यको उल्लेखनिय उपस्थितीमा हिउँदे अधिवेशनमा उद्घाटन सत्र भएको हो । सो कार्यक्रममा गरुडा नगरपलिका नगर प्रमुख जैसवालले पालिकाको विकासमा आफुले ध्यान दिएको बताउनुभयो ।
विकासका काममा सवैको साथ र सहयोग आवश्यक पर्ने भएकाले अवरोध नगर्ने उहाँले आग्रह गर्नुभयो । आफुले पालिकाबासीको हित र चाहाना अनुसार नै काम गरेको दावी गर्दै कुनै किसिमको कमि कमजोरी भएमा सल्लाह वा सुझाव दिन समेत उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय गरुडा नगरपालिकाले विकासका काममा फड्को मारेको उहाँले बताउनुभयो । नगरपालिकका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहयोगका कारण नगरमा विकासका गतिविधि भएको बताउनुभयो ।
उहाँले सवैको साथ सहयोगका कारण रौतहटको पालिका लिजामा चौथो स्थान हासिल गरेको दावी गर्नुभयो । उहाँका अनुसार लिजा भने नेपाल सरकारले दिने सहयोग भएको बताउनुभयो । लिजामा कम भएमा बजेट कटौती नहुने उहाँको भनाई छ । यस अघि लिजाको बारेमा आफुलाई केहि थाहा नभएको र यसबारेमा अनुभव वा जानकारी लिएपछि प्रष्ट भएको उहाँले उल्लेख गर्नुभयो । नेपाल सरकारको हरेक कार्यालयमा लिजा महत्वपुर्ण हुने गरेको उहाँले बताउनुभयो ।
प्राय घर परिवारको सदस्य बिच पनि कुरा नमिल्दा झगडा हुने गरेको उल्लेख गर्दै उहाँले यहाँ विभिन्न पाटीबाट आएका वडा अध्यक्ष भएकाले विवाद हुनु स्वभाविक भएको बताउनु भएको थियो । विवाद र मनमुटावलाई थाँती राखेर उल्लेखनिय सहभागितामा भएको हिउँदे अधिवेशन नगर सभा ऐतिहासिक भएको जिकिर गर्नु भएको थियो । यस ऐतिहासिक कार्यमा सहयोग गरेकोमा प्रशंसा व्यतm गर्दै उहाँले यो कार्यले सकरात्मक सन्देश प्रवाह गरेको टिप्पणी गर्नु भएको थियो ।
उहाँले यस हिउँदे अधिवेशन पुस वा माघमा हुनु पर्नेमा ढिलाई भएपनि विधि र नियमनुसार नै भएको बताउनु भएको थियो । वडाअध्यक्षहरुले राखेको माग प्रति आफु सकरात्मक नै भएको भन्दै यस बिषयमा गम्भिर रहेको धारणा राख्नु भएको थियो । नगर सभामा वडा स्तरबाट नै वडाअध्यक्षहरुलाई योजनाहरु पेश गर्ने उहाँले सुझाव दिनु भएको थियो । नगरपालिकासंग भएको सहमति अनुसार आफु बढ्ने उहाँले बताउनु भएको थियो ।
नगर प्रमुख जैसवालले नगरपालिकाको प्रशासकिय भवन वनाउन आवश्यक रहेको औल्याउनु भयो । यसका लागि आवश्यक प्रक्रिया भै सकेको र टेण्डर आह्वान गर्नेतयारीमा पालिका रहेको उल्लेख गर्नुभयो । सो कार्यक्रममा नगर उप प्रमुख पुनम चौधरीले सहमति र सहकार्यमा हुने कार्यमा आफुले विरोध नगर्ने बताउनु भयो । हरेक किसिमका कार्यमा सरसल्लाह गरेर मात्र अघि बढ्नु पर्ने उहाँको भनाई छ ।
नगर उपप्रमुख पुनम चौधरीले भने जनताको हकहितको लागी सबै जनालाई लागी पर्ने बताएकी थिईन । बिभिन्न बजेटबाट रकम नै कटौति गरि नगरका शिक्षा, खानेपानी र स्वास्थ्यमा बिशेष जोड दिनु पर्नेमा जोड दिएका थिए । त्यसतै सोहि कार्यक्रममा गरुडा नगरपालिकाको वार्ड नं. ५, ३ र ४ का वडाअध्यक्षहरुले आ–आफ्नो मन्तब्य राख्नु भएका थिए भने योजना शाखा प्रमुख रामानन्नद सहनीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
हिउँदे अधिवेशन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आलमसँगै वडा–१ का वडाअध्यक्ष शेख वाहव,, वडा–२ का वडाअध्यक्ष किसनन्दन सहनी, ३ का वडाअध्यक्ष अम्बिका सहनी, ४ का वडाअध्यक्ष सुनिल कुमाार जैसवाल, ५ का वडाअध्क्ष रामबिनोद जैसवाल, ७ का वडाअध्यक्ष प्रबिणसिह यादब, ८ का वडाअध्यक्ष वशिष्ठ राय यादब, ९ का वडाअध्यक्ष राजेश सहनी ,कार्यपालिका सदस्य ध्रुव साह सहित वडा सदस्यहरू, कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो । हिउँदे अधिवेशनको बन्द सत्र सूचना मार्फत जानकारी गराईने गरुडा नगरपालिकाले जनाएको छ ।















