
रौतहट, ४ मंसिर । नागरिक अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रसाईलाई भक्तपुर स्थित निवासबाट प्रहरीले पक्राउ गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नागरिक अभियन्ता प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीबाट बुझिएको छ ।
धर्म, संस्कृति, राष्ट्रलाई संकटबाट जोगाउन अभियान सुरु गरेका नागरिक अभियन्ता प्रसाईले मंसिर ७ गते संघिय राजधानीमा सडक प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए । एमालेले पनि मंसिर ७ मा लोकतान्त्रिक शक्ति देखाउने भन्दै मिति सार्वजनिक गरेको थियो ।















