रौतहट, १९ माघ । सशस्त्र प्रहरीले करिव साढे १६ लाख हुण्डीको रकम सहित दुई जनालाई शनिवार अपरान्ह् नियन्त्रणमा लिएका छन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ४ महुलिया स्थित सिमानामामा सशस्त्र प्रहरी बल नेपालको एफओबी मठियाबाट नियमित चेकिंगमा रहेका सशस्त्र प्रहरीले आज अपरान्ह् ३:३० बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका मधेश प्रदेश–०३३–प–९३०८ नम्वरको मोटरसाइकलमा सबार दुई जनालाई व्यक्तिलाई हुण्डीको रकम सहित नियन्त्रणमा लिएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले दिएको जानकारी अनुसार भारतबाट नेपाल तर्फ आएका मोटरसाइकलमा सवार रहेका मानिसलाई रोकेर चेकजाँच गर्दा १६ लाख ४९ हजार २ सय रुपैया फेला परेपछि नियन्त्रणमा लिए ।

राजपुर नगरपालिका वडा नम्वर ४ का ४० बर्षिय शिवमंगल साह र २३ बर्षिय प्रवेज आलमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0