
आज बुधबार रौतहटमा करेन्ट लागेर एक गर्भवती महिलाको ज्यान गएको छ । जिल्लाको राजपुर नगरपालिका-३ डमार पोखरीयामा करेन्टन लागेर ज्यान गएको पिडित परिवारले जनाएको हो ।
मृत्यु हुनेमा सेख सपुरको ३५ वर्षकी छोरी तथा मतिहुलाको श्रीमती गुल्नाज खातुन रहेको मृत्यु भएको पिडित परिवारले बताईएको हो । मृत्क खातुन गर्भवती रहेको प्रदेशिक अस्पताल गौरले जनकारी दिनुभयो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पुऱ्याए पछि त्यहाका चिकित्सकले मृत घोषणा गरेको छ ।
मृत्क माहिलाकी बुवाले दिएको जानाकरी अनुसार बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा करेन्ट लागेर ज्यान गएको छ । उनका अनुसार १५ वर्ष अघि मुसलिम परम्परागत विवाह भएको थियो । उनलाई तिन वटा छोरा छोरी रहेका छन् ।को राजपुरमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1















