रौतहट —स्रोत नखुलेको रकमसहित रौतहट प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ। भारतीय नम्बरको मोटरसाइकल चढेर सीमावर्ती बैरगनिया बजारबाट गौरतर्फ आउँदै गरेका एक युवालाई गौर भन्सार कार्यालयअगाडि रोकेर जाँच गर्दा प्रहरीले १२ लाखभन्दा बढी रकम फेला पारेको हो।

प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–२ निवासी ३९ वर्षीय चन्दन पण्डितलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिएका छन्।

पण्डित झोला बोकेर गौरतर्फ आइरहेका बेला शङ्कास्पद गतिविधि देखिएपछि उनलाई रोकेर जाँच गर्दा झोलाबाट १२ लाख ७३ हजार ३ सय रुपैयाँ फेला परेको हो। तीमध्ये उनीसँग ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय नोट रहेको प्रहरीले जनाएको छ।

पण्डितले रकमको स्रोत खुलाउने कुनै कागजात नदेखाएपछि उनलाई पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1