रौतहट, ८ साउन । रौतहटको मौलापुर नगरपालिकामा विद्युतीय मोटरको मद्दतबाट सिंचाई गरिरहेका ४८ बर्षीय चन्देश्वर बैठाको विहिवार मृत्यु भएको छ ।
मौलापुर नगरपालिका–७ ननकार पथरा टोलका ४८ बर्षीय चन्देश्वर बैठाको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो ४ बजेको समयमा आफनो खेतमा सिंचाई गरेपछि छिमकी मोसाफिर साह तेलीको खेतमा सिंचाई गर्न जाँदा करेन्ट लागेर बैठाको मृत्यु भएको बताइएको छ ।

मौलापुर नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका बैठा आम जनता पार्टीका जुझारु नेताको रुपमा रहेपनि लामो खडेरका कारण धान रोपाई हुन नसक्दा विद्युतीय मोटरको मद्दतबाट सिंचाई गर्न खोज्दा उनको करेन्ट लागेर गम्भीर घाइते भएपछि निजलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याउदा ५.५ मिनेटमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रोतहटका डिएसपी दिपककुमार रायले जानकारी दिए ।
बैठाको शव प्रादेशिक अस्पताल गौरमा रहेको बताउदै डिएसपी रायले घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले कार्यपालिका सदस्य वैठाको निधनबाट मौलापुरलाई अपुर्णिय क्षति भएको हुँदा पीडित परिवारलाई धर्यधारण राख्न क्षमता इश्वरले प्रदान गरुन भने कामना गरिन । गत दुई महिना भित्र करेन्ट लागेर आज सम्म २६ जनाको मृत्यु भईसकेको भएपनि सचेत गराउने निकायहरु उदाशिन रहेको कारण सिंचाईको क्रममा करेन्ट लागेर मर्नेको संख्या बढ्दै गएकोमा स्थानीयहरु चिन्तीत बन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0