रौतहट, ८ भदौं ।
गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेका छन् ।
गौर नगरपालिका ९ सिर्सिया अगाडी मुडबलवा मोड नजिक गएराति नै डोरीले बेरिएका सुटकेश स्थानीयहरुले देखेपछि प्रहरीलाई गरेका थिए । प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेका हुन् ।

उक्त सुटकेश कसले त्यहाँ छाडेको हो सन्दर्भमा प्रहरीले अनुसन्धान सुरु गरेका छन् । घटनास्थललाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर मुचुल्का उठाउने काम गरिरहेको छ ।
स्मरणीय छ, रौतहटमा अपराधीहरु बेखौफ भएर अपराधलाई अन्जाम दिईरहेको पाइएका छन् । तिन दिन अघि गौरमा चाकु प्रहारबाट सहाबुद्दिन मियाको विभत्स हत्या भएका थिए । अपराधीहरु सलबलाईरहेका छन् तर सुरक्षामा तैनाथ जिम्मेवार निकाय सुइको समेत नपाउनुबाट अपराधको घटनामा वृद्धि हुदै जाँदा रौतहटबासी यस्ता घटनाहरुबाट चिन्तीत बन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0