रौतहट ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका–१ स्थित भुवाली चौकमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ।
EV गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्राप्त जानकारीअनुसार बौधिमाई नगरपालिका–२ इनर्वा निवासी दिपेन्द्र बैठाको EV गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल भुवाली चौकमा ठोक्किएका थिए।
ठक्कर अत्यन्तै भीषण हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। दुर्घटनापछि घटनास्थलमा स्थानीयवासीको ठूलो भीड लागेको थियो।
खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस दुःखद घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।
तीव्र गति र सवारी चालकको लापरबाहीका कारण यस्ता दुर्घटनाहरू बढ्दै गएकाले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0