रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा अवस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय ईशनाथद्वारा बैंकको ६१औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा शाखा अधिकृत दिलिप राउत, बैंकका कर्मचारीहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अधिकृत राउतले बैंकले विगत ६१ वर्षदेखि राष्ट्रको आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो।

बैंकको स्थापना दिवसको महत्वमाथि प्रकाश पार्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी तथा सेवामुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा वित्तीय सचेतना, डिजिटल बैंकिङ सेवा, तथा ग्राहकमैत्री सेवाबारे जानकारी दिइनुका साथै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। राष्ट्रिय वाणिज्य बैंकले विगत ६१ वर्षदेखि देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0