गरुडा नगरपालिका क्षेत्रको योजनाबद्ध विकास तथा सुरक्षित यातायातलाई प्राथमिकतामा राख्दै वडा नं.–४ अन्तर्गत समनपुर जाने सडकदेखि दक्षिणतर्फ नेकपा (एमाले) पार्टी कार्यालय जाने सडकसम्म सडक तथा नाला विस्तार कार्य अगाडि बढाइएको छ।

उक्त सडकखण्डमा दुवैतर्फबाट १८–१८ फिट जग्गा खाली गराई आवश्यक चौडाइ कायम गरिएको हो। यस क्रममा जेसीबी तथा नगर प्रहरी परिचालन गरी कम्पाउण्ड वाल, सिँढी तथा अन्य संरचनाहरू हटाइ सडक विस्तार गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा वडा नं.–४ का पूर्व वडा अध्यक्ष चुनचुन साहज्यू, राम गिरी मुखियाज्यू, रामबाबू साहज्यू लगायत स्थानीय समाजसेवीहरूको उपस्थितिमा सहकार्यका साथ कार्य सम्पन्न गरिएको हो।

नगरको दिगो विकास, सुगम आवागमन तथा व्यवस्थित शहर निर्माणका लागि नगरपालिकाको अभियान निरन्तर जारी रहने जनाइएको छ। साथै, यस अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण नगरवासीप्रति नगरपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0