
माघ १९ गते
रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका शिक्षा शाखा प्रमुख श्री नन्दकिशोर गुप्ता ज्युले आज नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक अवस्थाको अनुगमन गर्नु भएको छ।
अनुगमनका क्रममा विद्यालयहरूको पठन–पाठनको अवस्था, शिक्षक तथा कर्मचारीको उपस्थिती, शैक्षिक व्यवस्थापन तथा प्रशासनिक प्रक्रियाबारे सूक्ष्म अवलोकन गरिएको थियो।
यसैगरी विद्यालय भवन, कक्षा कोठा, शौचालय, खानेपानी, फर्निचरलगायतका भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सुधारका लागि सम्बन्धित विद्यालय प्रशासनलाई निर्देशन दिइएको शिक्षा शाखा प्रमुख गुप्ता ज्युले बताउनु भयो।
नगरपालिकाभित्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अनुगमन कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने उहाँले जानकारी दिनु भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















