फाल्गुन ६ गते शुक्रबार
सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएसन सिरहा कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा संलग्नताको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सुखीपुर नगरपालिका–३ निवासी लेखापढी व्यवसायी गुमस्ता यादवलाई शंकाको आधारमा नियन्त्रणमा लिइएको हो। उनलाई चार दिनदेखि हिरासतमा राखेर घटनाबारे गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका सूचना अधिकारी रमेशबहादुर पाल का अनुसार घटनासम्बन्धी थप विवरण अनुसन्धान निष्कर्षपछि मात्र सार्वजनिक गरिनेछ। हालसम्म प्राप्त सूचनाका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको र थप प्रमाण संकलनको काम जारी रहेको उनले बताए।
पक्राउ परेका यादवले अदालत परिसर अगाडि नै कार्यालय सञ्चालन गर्दै आएका थिए। घटनाको कारण र उद्देश्यबारे अझै स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

गत फागुन २७ गते अपराह्न भएको उक्त विस्फोटमा कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए। घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव रहेका छन्। उनको खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

विस्फोटका कारण कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा क्षति पुगेको छ। घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0