
रौतहट, १७ असोज । रौतहटको देवाही गोनाही नगरपालिकाको टिकुलिया गाउँमा निशुल्क आँखा शिविर बुधवार आयोजना गरेर आँखाको विरामीलाई उपचार गरिएका छन् ।

देवाही गोनाही नगरपालिका वडा नम्वर टिकुलिया गाउँमा डैक फौउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल गौर ८ पुरेनवाद्धारा आज आयोजित निशुल्क आँखा शिविरमा २६२ जना विरामीहरुले आँखाको परिक्षण गराएका हुन् ।

निशुल्क आँखा परिक्षण गराउनमा महिला १३८ र पुरुष १२४ गरेर २६२ जना विरामीहरुको आँखाको परिक्षण गरिएको छ । जसमा ६८ जनालाई फ्रि औषधी, ८७ जनालाई निशुल्क चश्मा वितरण गरिएको गौर आँखा अस्पताल शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

आँखा परिक्षणको क्रममा मोतिया विन्दु भएका ५८ जना विरामीलाई गौर आखा अस्पतालमा आएर शैल्यक्रिया गराउन सुझाव दिएको बताउदै उनीहरुको शैल्यक्रिया पनि निशुल्क गरिने बताए ।

निशुल्क आँखा शिविरलाई व्यवस्थापन मिलाउन वडा कार्यालयले सहकार्य गरेको समेत उनले भने । मिसन नेपालको जिल्ला अध्यक्ष तथा नेपाल विश्व हिन्दु महासंघका त्रिभुवन ओझाको स्थानीय आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।















