
असोज १९ गते
रौतहटको सदरमुकाम गौर नगरपालिकाको नगरप्रमुखले निर्वाचनको बेला गरेको समृद्ध गौरको वाचा अन्तर्गतको झुलुङे पुलहरु धमाधम भइरहेको छ।

झुलुङे पुल निर्माण लिएर ललिपप ग्याङहरुले चुनावी ललीपप भनेर संज्ञा दिएपनी नगरप्रमुख साहले हेल्वेटासको ब्लेक लिस्टबाट बाहिर निकाली झुलुङेको कामलाई तिव्रता दिएका छ्न।
त्यसै क्रममा हेलवेटास संस्था र गौर नगरपालिकासंग भएको ४ करोड ३६ लाखको सम्झौता ४ महिना अगावै भएपनि बर्षाको कारण रोकिएको बानेश्वर स्थित झुलुङे पुल नदीमा पानीको बहाव कम हुने बितिकै काम सुरु हुनेछ।
झुलुङे निर्माण कार्यको लागि आवश्यक पर्ने सामाग्री सुरक्षाको दृष्टिकोणले महादेवपट्टी प्रहरी चौकीमा राखिएको छ। केही दिनमै काम सुरु हुने नगर प्रमुख साहले बताएका छ्न।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















