रौतहट, १० कार्तिक । माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा आज विहान अनियन्त्रित भई यात्रुबाहक बस घर भित्र पस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौ बाट रौतहट को माधोपुर हुदै पिप्रा आउदै गरेका ना.६ख. १४६३ नम्वरको रात्री बस बडि गार्ड नामक बसले माधवनारायन नगरपालिका वडा नम्वर ७ स्थित फुलबरिया गाउँ विहान ५ बजेको समयमा घुरो ताप्दै गरेका ६५ बर्षिय ब्रम्ह्देव दासलाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएका हुन् ।
आफनो घर अगाडी बाटो छेउमा बसिरहेका बृद्ध दासलाई शुक्रवार विहान ५.२० बजेको समयमा ठक्कर दिएका थिए । ठक्करबाट गम्भीर घाइते भएका दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा उपचारको लागि ल्याउदा समेत उनलाई जोगाउन नसकिएको विहान ७.३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्याल रौतहटका प्रवक्ता दामोदर केसीले जानकारी दिए ।
बस र चालक जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा मृतक दासको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बताए ।

स्थानीय बासिन्दाहरुको अनुसार माधवनारायण नगरपालिकाको माधोपुर पिपरा गौर भएर काठमाडौं सम्म चल्ने बडि गार्ड बसका सह चालकले बस चलाएको हुँदा आफनै घर अगाडी घुरो ताप्दै गरेको बृद्ध दासको घटनास्थलमै मृत्यु भएको तथा दासलाई किच्दै उक्त बस घर भित्र छिरेपछि सुतिरहेका ५५ बर्षिय फेकु दास र ५० बर्षिया सुमित्रा देबि दास सुतिरहेको अवस्थामा घाईते भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।
घाईते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको पिडित परिवारले जनाएको छ ।मृतकको भतिज दिपनारायण दासका अनुसार काका विहान ५ बजे देखि घुरो ताप्दै गरेको अवस्थामा सबा ५ बजेको समयमा अचानक बसले ठक्कर दिदा उनको घटनास्थलमा मृत्यु भयो भने छिमेकीको फुसको घरमा ठक्कर दिदा सुतिरहेका श्रीमानश्रीमती घाइते भए । दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार पछि अहिले घर फर्किदै गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0