सर्लाही, १० कार्तिक । सर्लाहीका चक्रघटा गाउँपालिकाको सुन्दरपुरमा शुक्रवार दिउसो मोटर जडित चापाकलमा पानी भर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
चक्रघटा गाउँपालिका वडा नम्वर ४ सुन्दरपुर गाउँमा छिमेकी छेदी साहको चापाकलमा पानी भर्न गएका २७ बर्षिय युवक विरेन्द्र साहलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
उक्त चापाकलमा विद्युतिय मोटर जडान गरिएका थिए । पानी भर्ने क्रममा करेन्ट प्रवाह हुँदा यवक साहको मृत्यु भएको बताइएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0