
जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार माननिय न्यायाधिश बानियाको एकल इजलासबाट “प्रस्तुत मुद्दामा देहायका कार्य सम्पन्न गरी कानुन बमोजिम पेश गर्न” दुई बुंदे आदेश दिएको हो ।

“मुद्दाको गम्भीरत समेतलाई विचार गर्दा वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय रौतहट, जाहेरवालाका कानुनव्यवसायी तथा प्रतिवादीहरुको तर्फबाट मुकरर हुनु भएको कानुन व्यवसायीलाई लिखित बहस नोट १५ दिन भित्र पेश गर्नुपर्ने ।”
“प्रस्तुत मुद्दामा नेपाल सरकारले मुद्दा नचलाउने निर्णय गर्नु अघिका वादी नेपाल सरकारले गरेको अनुसन्धानको क्रममा बुझिएका साक्षीहरुको भनाई व्यहोरा र नेपाल सरकारले मुद्दा नचलाउने गरी गरेको निर्णय सर्वोच्च अदालतबाट बदर हुने गरी भएको आदेश पछिको अनुसन्धानको क्रममा बुझिएका साक्षीको मौकाको र अदालतको वकपत्र तथा प्रतिवादीको साक्षीले अदालतमा गरेको वकपत्र समेतको संक्षिप्त व्यहोरा सहित प्रस्तुत मुद्दाको तुल्नात्मक टिपोट तयार गरी प्रस्तुत मुद्दा दुई बर्ष भन्दा पुरानो भएकोले प्राथमिकताका साथ पेशी तोकी कानुन बमोजिम गर्नु” भनेर माननिय दुई नम्वर इजलासका न्यायाधिश बानियाले आदेश दिएको श्रेष्तेदार ढोडारीले तराई टप अनलाइनलाई जानकारी दिए ।

हिजो मंगलवार देखि चलिरहेको बहसमा बादी नेपाल सरकारको तर्फबाट सरकारी वकिल वद्रीकुमार कार्की, सहायक सरकारी वकिलद्धय दयानिधि रिजाल र विजय महतो, जाहेवालाको तर्फबाट पुष्प पौडेले बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट साबिर हुसैन, संजिव मल्लिक, आफताव आलम, अनन्त कोइराला, अतिकुर रहमान, लालबाबु यादव सहितका अधिवक्ताहरुले बहस गरेका थिए । आज दिउसो सम्म बहस सकेपछि न्यायाधिश बानियाले दुई बुंदे आदेश दिएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार ढोडारीले बताए ।
स्मरणीय छ, पहिलो संविधान सभाको पूर्व सन्ध्यामा राजपुरमा विस्फोटक पदार्थ विस्फोटन भएका थिए । सो विस्फोटनमा मानविय क्षति भएपनि राजा चिम्नी उद्योगमा जिउदै जलाएको आरोप आफताव आलम सहित ७ जना माथि लागेको थियो । तर २०७६ सालमा पुन ः उक्त मुद्दामा आलमलाई पक्राउ गरी थुनछेक बहस हुँदा निजलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय भएका थिए । सोही निर्णयका आधारमा आलम केन्द्रीय कारागारमा कैदी बन्दी सरह जिवन व्यति गर्दै आएका छन् ।
आलमलाई राजनीतिक चलखेलमा फसाइएको हो, पैसाको बलमा नक्कली साक्षीहरु खडा गरेर घटनालाई कृत्रिम बनाइएको आरोपमा आफताव आलमलाई फसाएर राजनीतक रुपमा उठिवास लगाउने प्रयास गरिएको आरोप लगाउदै डा. कौशर आलमले यदी बम विस्फोट भएपछि मानिसहरु हताहात भएको छ भने राजा इटा उद्योगको खरानी पटक पटक परिक्षण हुँदा कुनै मानविय अवशेष नभेटिएपछि राजनीतिक बलको शिकार मात्रै भएको उनले ठोकुवा गरे । तत्कालिन एमालेको सत्ताको आडमा राजनीतिक प्रतिशोध लिने उद्देश्यबाट ठूला नेता देखि लिएर शैलेन्द्र साहले पैसाको बललमा नक्कली जाहेरवाला बनाई जालझेल गरेको उनले गम्भीर आरोप लगाए । त्यतीमा मात्रै नभई साह कसरी निवेदक एवं साक्षी भए आफैमा प्रश्न चिन्ह खडा उनले गरे । साक्षीहरु सफि अहमद, रुकसाना खातुनको श्रीमान जाजुल मिया र बुहारी आमना खातुन, चिम्नीका कारिगर, लगायतका व्यक्तिहरुको प्रहरीको करकापमा गरेका कागजातहरु सबै अदालतमा बयान पल्टि सकेको हुँदा आमल संग राजनीतिक प्रतिशोध साध्ने मात्रै काम भएको हुँदा अदालतबाट ढिलो भएपनि आलमले न्याय पाउनमा आफू पूर्ण आशावादी रहेको डा कौशरले भने । हामीलाई न्यायालय माथि पूर्ण विश्वास छ, जे जस्तो निर्णय आएमा स्वागतयोग्य हुने टिप्पणी उनले गरे ।















