कार्तिक ३० गते
रौतहट / छठको सरसमान किनमेल गर्न सीमावर्ती भारतीय बजारमा नेपालीको चहलपहल तथा स्थानीय बजार सुनसान भएको छ।

सीमावर्ती भारतीय बजारमा छठको सरसमान किनमेल गर्नेको भीड बढिरहँदा रौतहटका लोकल बजार भने सुनसान देखिएका छन् ।

रौतहटको गौर, मौलापुर, बन्कुल, राजपुर जस्ता बजारमा व्यापार सुस्ताउँदा सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको भिड बढेको हो ।

घोडासहन चैनपुर बैरगनिया लगायतका भारतीय बजारमा नेपाली उपभोक्ताको हिड्न नसक्नु जस्तो भीड लाग्ने गरेको छ । पछिल्लो समय नेपालमा चिनी अभाव हुँदा अधिकांश उपभोक्ताले भारतीय बजारमा पुगेर खरिद गर्ने गरेका थिए ।

यसबाहेक भान्सामा प्रयोग हुने अधिकांश खाद्यवस्तु र लत्ताकपडा पनि भारतमै सस्तो पर्ने भएकाले उपभोक्ताको रोजाइ भारतीय बजार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0