
काठमाडौं, १३ पुस । क्रिकेटर सन्दीप लामिछाने माथि बलात्कार मुद्दामा जिल्ला अदालतले अभियोग साबित गर्दै दोषी ठहर गरेका छन् ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएक दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेका हुन् ।
पीडितले आफूलाई करणी भएको बताएको र सन्दीप घटना हुँदाको दिनको क्रियाकलप माथि विचार गर्दा करणी भएको देखिएको अदालतको ठहर छ ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछाने माथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















