
रौतहट, १० माघ । सामाजिक सदभावमा खखल पुर्याउने उद्देश्यबाट असामाजिक तत्वद्वारा रौतहटको ईशनाथ नगरपालिकाे जटहरामा हनुमान मन्दिर र ब्रम्ह बाबा मन्दिरमा आगजनी गराएका छन् ।
ईशनाथ नगरपालिका वडा नम्बर ५ जटहरा गाउमा रहेका सामुदायिक विद्यालयको एक सय मिटर पछाडीको कम्पाउण्डमा रहेका हनुमान मन्दिर र ब्रम्ह बाबाको मन्दिरमा पराल राखेर आगजनी गरेका हुन् ।
यसरी हनुमान मन्दिर र ब्रम्ह बाबाको मन्दिरमा आगजनी गराएर समाजिक सदभावमा प्रतिकुल असर पर्ने खालको असामाजिक तत्वहरुलाई समयमै पहिचान गरेर अबिलम्ब कानुनी दायरामा ल्याउन स्थानीयहरुले माग गरेका छन् ।
यस सम्बेदनशिल बिषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी सहितको जिल्ला सुरक्षा समितिको जिम्मेवार पदाधिकारीहरुले तत्कालै घटनास्थलमा पुगेर सदभावलाई विथोल्न नदिने सम्पूर्ण प्रयास गरेर उक्त स्थानका बासिन्दालाई संयमित भएर रहन आग्रह गरे । साथै सो स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त घटना गराउने तत्वहरुको प्रहरीले खोजिकार्य गरिरहेको जानकारी दिदै त्यस बिषयमा आवश्यक अनुसन्धान भईरहेको एसपी श्रेष्ठले जानकारी दिए ।
सामाजिक सदभाव बिगार्न यस्ता #आराजक #गतिबिधि गर्ने जो- कोहिलाई खोजतलास गरी कडा भन्दा कडा कारबाहीको लागि स्थानीय प्रशासन संग जोरदार माग गर्दछु।















