
माघ २३ गते
बजेट सिलिंगमा कुरा मिलेपछि विगत ३२ दिन देखि बन्द रहेका गरुडा नगरपालिकाको काम काज मंगलवार देखि सुचारु भएका छन् ।
गरुडा नगरपालिकाको उप प्रमुख पुनम चौधरी सहित बहुँसंख्यक वडाध्यक्षहरुद्वारा नगरप्रमुख कन्थमुणी जयसवालको एकल एवं मनोमानी रुपमा गर्दै आएको व्यवहारबाट आजिज भएर नगरपालिकाको गरुडा स्थित कार्यपालिकाको कार्यालयमा विगत ३२ दिन अघि ताला लगाएपछि कामकाज प्रभावित रहदै आएका थिए ।
नगरप्रमुख र उपप्रमुख सहित वडाध्यक्ष विच समन्वय पटक पटक भएपनि सहमती नहुँदा नगरपालिकाको कामकाज प्रभावित भएको थियो । प्रदेश साँसद केशव चौधरीको अथक प्रयास पछि नगरप्रमुख संग कुरा मिलेपछि जिल्ला प्रशासन कार्यालय गौरमा सोमवार साँझ लिखित सम्झौता भएपछि हिजो राति नै नगरपालिकामा लागेको तालालाई उपप्रमुख चौधरीले खोलेको थियो ।
नगरप्रमुख र उपप्रमुख सहित वडाध्यक्षहरु बीचको आन्तरिक बिवादले ३२ दिन देखि बन्द रहेको कार्यालय मेयर र उपमेयर सहित आन्दोलनरत पक्ष बिच छलफल भएपछि ताला खुलेपछि आज देखि कार्यालय संचालनमा आएको छ ।
उप नगरप्रमुख चौधरी, नगरप्रमुख जयसवाल, मधेश प्रदेश सांसद केशव राय चौधरी, जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, राजनीतिकर्मी, सुरक्षा निकाय र सञ्चारकर्मीको रोहवरमा सोमवार अबेर साँझ ताला खोलियो ।
मुख्य विवाद नगरप्रमुख जयसवालले बजेट सिलिंगमा बडा र उपप्रमुखलाई वाइपास गरेर एकलौटी ढंगबाट परिषद गरेकोमा उक्त बार्षिक अधिवेशनलाई अबैधानिक भन्दै कार्यालयमा ताला लगाइएको थियो । नगरपालिकाको हिउदे अधिवेशनबाट सबैलाई सम्बोधन हुने गरी बजेट सिलिंग गर्ने, नगरप्रमुख र उपप्रमुख बीच ६० र ४० प्रतिशत बजेट छुट्याउने लगायतको विषय मिलेपछि सहमती भएको श्रोतबाट बुझिएका छन् ।
यस बिषयमा नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले आफू लचिलो भएर पनि कार्यालयको कामकाज प्रभावित भईरहदा जनताको कामलाई सर्वोपरी ठानेर मिल्ने सबै कुरामा सहमती जनाएर सहमती भएकोमा खुशी व्यक्त गर्दै कार्यालय एउटा शिष्टमबाट चल्ने हो, कसैले बलजफ्ती गरेर चलाउन खोज्दा यस्तो अवस्था सृजना भएकोमा सहमती गराउने सबै सम्बध पक्षलाई धन्यवाद व्यक्त गरे ।















