रौतहट, २३ चैत । गौर गंगापिपरा सडक खण्डमा दुर्गा भगवती वडा नम्वर ४ र ५ को बीचमा दुई मोटरसाइकल एक आपसमा शुक्रवार साँझ ठोक्किएका छन् ।
दुर्गा भगवती गाउँपालिकाको कछुअवा पुल देखि उत्तर तर्फ विआर ३० डब्लु ३१५९ र विआर ३० जे ३०१२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुबै बाइकका चालक गम्भीर घाइते भएका हुन् ।

यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठाका ३५ बर्षिय कृष्णकुमार साह र सोही गाउँका ३६ बर्षिय राजुराय यादव घाइते भएको जनाएको छ ।
घाईतेहरुको दुर्गा भगवती १ गंगापिपरामा रहेको बागमती सेन्ट्रल होस्पिटलमा प्राथमिक उपचार पछि थप उपचारको लागि वीरगञ्ज तर्फ पठाइएको ईलाका प्रहरी कार्यालय गंगापिपराबाट बुझिएको छ ।

घाईते यादबको दाहिने खुट्टा भाँचेको र साहको टाउको, मुखका काटिएको प्रहरीले थप उपचारको लागि बाहिर पठाइएको तथा दुबै मोटरसाईकल इलाका प्रहरी कार्यालय गंगापिपराको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0