
रौतहट २६ गते चैत
गएको साता गौर भन्सार कार्यालयले बर्षौ देखि निलामी हुन नसकेको हजारौं सवारी साधन निलाम गर्दा निलाम सकार गर्नेहरु बिच साझेदारी हुन नसक्दा खुल्ला प्रतिस्पर्धा भइ निलाम भएका सवारी साधनबाट कुनै किसिमको लाभ नपाए पछि गौर भन्सारले नयाँ जुक्ति निकाली गोरख धन्दा शुरु गरेको छ ।
स्क्रेप भइ जाने अवस्थामा रहेको ७१ लाख मुल्यांकनको सवारी खुल्ला प्रतिस्पर्धा बाट २ करोड ८ लाखमा निलाम सकार भए पछि गौर भन्सारका कर्मचारीहरु निलाम साकार गरेको कम्पनीबाट रकमी चलखेल गरि स्क्रेप गरि उठाउन दिनु पर्ने सवारी साधन यथावत अवस्थामै निलाम सकार गर्ने कम्पनीलाई जिम्मा लगाएको छ ।
यसरी स्क्रेप गरि कटान गरेर मात्र लैजानु पर्ने सवारी साधन सिङै अवस्थामा लैजादा सो सवारीको दुरुपयोग हुने संभावना बढेको छ । अर्को तर्फ सो अधिकांस भारतिय नम्बर रहेको सो सवारीहरुको कागजात हराएको भनेर भारतिय पत्रीकामा विज्ञापन समेत भएको श्रोतले जनाएको छ ।
गौर भन्सार बाट निलाम भएको सवारीहरुको नक्कल कागजातहरु पुनः निकाल्न भारतमा गिरोह नै परिचालन भएको श्रोतबाट जानकारी प्राप्त भएको छ । गौर भन्सार बाट उठाइएको सो सवारीहरु अहिले गौर १ स्थित रामजानकी धर्मशाला पछाडि एक गोदाममा थन्किएको जानकारी प्राप्त भएको छ । राज्यलाइ दोहोरो नोक्सान पुर्याइ नियम विपरीत अपराधीक किसिमको काम गर्नेलाइ नेपाल प्रहरीले तुरुन्त नियन्त्रणमा लिइ कडा कारवाही गर्नु पर्ने स्थानीयको माग रहेको छ ।















