सर्लाही, ७ माघ । सर्लाहीको गोडैता नगरपालिकाको रोहुवामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत गोडैता नगरपालिका वडा नम्वर ४ रोहुवामा मलंगवाबाट आउदै गरेका बीआर ०५ एच ५७४८ नम्वरको स्कारपियो जिपमा विपरित दिशाबाट जाँदै गरेका बीआर ३० एए ४७०२ नम्वरको मोटरसाइकल ठाक्किदा गोडैता नगरपालिका ९ का ४५ बर्षिय देवनारायण पण्डितको मृत्यु भएको हो ।

स्कारपीयो र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा पछाडी सवार पण्डित गम्भीरु घाइते हुँदा निजलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पुर्याइएपनि चिकित्सकले मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको श्रोतबाट बुझिएको छ ।

मोटरसाइकल चालक गोडैता नपा ५ का ५० बर्षिय रामानन्द महतो सामान्य घाइते हुँदा उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार जारी रहेको तथा अवस्था खतरामुक्त रहेको सर्लाही प्रहरीले जनाए । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0