रौतहट, २१ जेठ । रौतहटको कटहरिया नगरपालिकाको भसेढवा गाउँमा नवविवाहिता महिलाको हत्या भएको माइती पक्षले गम्भीर आरोप लगाएको छ ।
कटहरिया नगरपालिका–१ भसेढवा गाउँमा अन्दाजी बर्ष २३ की आलका यादवलाई उनकै श्रीमान् सहित परिवारको सदस्यहरु मिलेर मंगलवार राति घाँटी थिचेर हत्या गरिएको शव घरमै फेला परेका थिए ।
भसेढवा निवासी अंकेश यादवको रौतहटकै फतुवा विजयपुर नगरपालिका–९ बडहर्वा निवासी रामनारायण यादवकी छोरी अलका संग यसैबर्ष विहे भएको थियो । दाइजोको लागि छोरी अलकालाई श्रीमान सहित घरका सदस्यहरुले गाली ग्लौजको अनेकन प्रकारबाट दुख दिएपनि निर्भिक भएर बसिरहदा आज मेरो छोरीको हत्या गरिएको छ पीडित माईत पक्षको आमाले बताइन् ।
बुहारीको हत्या गरिएको कुरा चारैतिर फैलिएपछि इलाका प्रहरी कार्यालय कटरियाबाट खटिएका प्रहरी टोलीले ससुरा पुकार राय यादवलाई नियन्त्रणमा लिएको छ भने महिलाको श्रीमान अंकेश फरार रहेको हुँदा नीजको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हत्याको शिकार भएकी अलकाको शव पोष्टमार्टमका लागि गएराति नै प्रादेशिक अस्पतालमा ल्यार आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गौरका निमित्त प्रवक्ता एवं इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।
स्मरणीय छ की, पछिल्ला समयमा रौतहटमा घरेलु हिंसाको महिलाहरु शिकार बन्दै गएपनि सम्बध निकायबाट यथोचित रुपमा पहल एवं नियन्त्रणका उपाहरु अलब्म्न न हुँदा यस्ता घटनाहरुमा वृद्धि हुँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0