
रौतहट, २१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाको मंगलपुर स्थित राजमार्गमा मालबाहक ट्रक र विद्युतीय इभी गाडी एक आपसमा जुधेर दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका–१ मंगलपुर स्थित पूर्व पश्चिम राजमार्गमा सर्लाहीको बरहथवाबाट चन्द्रपुर तर्फ आउदै गरेका बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी जुधेर दुर्घटना हुँदा सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवी र सोही ठाँउ बस्ने ३० बर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएका हुन् ।
महिलाको छाति र दाहिने हातमा गम्भीर चोट लागेर उपचारको क्रममा मृत्यु भएको तथा गम्भीर घाइते धिरेन्द्र ठाकुरको चन्द्रनिगाहपुर स्थित निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परेर १८ वर्षीय रानिकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन् । दुवै खतरामुक्त रहेको तथा चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले बताए ।
मालवाहक ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र सोकोन गाडीका चालक सर्लाही रामनगर– ३ का आकाश सिंहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए ।
घटनाबारे चालकलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै डिएसपी राईले दुवै सवारीमा कस्को गल्ती र कसरी भयो भन्ने अनुसन्धान हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















