
रौतहट, २१ जेठ । बैदेशिक रोजगारलाई सुरक्षीत मर्यादित र सबल बनाउनका लागि प्रहरी संगको अन्तरक्रिया एवं अभिमुखिकरण कार्यक्रम बुधवार गौरमा सम्पन्न भएका छन् ।
गौर नगरपालिकाको नेतृत्वमा संचालित रहेका सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत गौर नगरपालिकाको सभाकक्षमा आज आयोजित उक्त कार्यक्रममा प्रहरीहरु संग अन्तरक्रिया एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका हुन् ।
सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक विनयकुमार साहले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुलाई सहि ढंगबाट जागरुक हुनु नितान्त आवश्यक रहेको छ ।
कतिपय विदेशमा गएर ठगिएको अवस्था छ, कतिपयलाई एजेन्टहरुले ठगी गर्छ त्यस परिवेशमा आ आफना सम्बन्धित एरियाका प्रहरीहरु पनि चनाखो भई आम मानिसलाई ठगिनुबाट जोगाउनु हुन्छ । प्रहरीलाई कार्यक्रमको उद्देश्य सम्बन्धमा जानकारी हुनु आवश्यक रहेको हुनाले आजको अन्तरक्रिया एवं अभिमुखीकरण आयोजना गरिएको बताए ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारी, प्रहरी उपरिक्षक नेत्रमणी गिरी, उपनगरप्रमुख कोशिला देवी सहितका प्रहरी निरीक्षक, विभिन्न युनिटका प्रहरी इन्चार्जहरुको उपस्थिति रहेको सामी परियोजनाका वित्तिय साक्षरता सहजकर्ता इन्दल कुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















