
रौतहट, २४ जेठ । रौतहट उद्योग वाणिज्य संघको आउदो असार ७ गते शनिवारका दिन साधारण सभा हुने समय निर्धारण गरिएका छन् ।
संघका महासचिव रवीन्द्रनाथ गोपालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा गएको चैत २३ गते हुनुपर्ने साधारण सभा केही प्राविधिक त्रुटीका कारण हुन नसकेर लम्बीदै आएको अवस्थामा आउदो असार ७ गते शनिवारका दिन साधारण सभा हुने समय निर्धारण गरिएको जनाइएका हुन् ।
संघको गौर स्थित सभा हलमा असार ७ गते विहान ११ बजे देखि आरम्भ हुने २१ औं साधारण सभामा सहभागी हुन सम्पूर्ण सदस्य एवं सभासदहरुलाई यसै विज्ञप्ती मार्फत अनिवार्य उपस्थित हुन आग्रह गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















