सर्लाही, २३ साउन । सर्लाहीको बरहथवा बजारबाट टाँडी तर्फ जादै गरेका स्कूल बसमा सबार १३ बर्षीय बालक खसेर मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–८ टाँडी स्थित कायाकल्प एकेडेमीमा कक्षा ३ मा अध्ययनरत धनकौल गाउँपालिका–३ हरकठवाका निसार शेखको १३ बर्षीय छोरा फैजान शेख विद्यालय सकेपछि ग. १ ख. ९५६८ नम्वरको स्कुल बसबाट घर तर्फ फर्किने क्रममा ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए ।

तत्कालै बालक फैजानलाई बरहथवाको संकटमोचन अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज विरगञ्ज पठाउदा विहिवार वेलुकी ७ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
घटना पश्चात तत्कालै इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईको कमाण्डमा खटिएका प्रहरी टोलीले बस र चालक बागमती नगरपालिका–१० का २१ बर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको सर्लाही प्रहरी श्रोतबाट बुझिएको छ ।
घटनास्थल बरहथवा नगरपालिका भएर भित्री ग्रामिण भेग तर्फ जाने सडकमा रहेको जुन बरहथवाबाट ६ किलोमिटर दक्षिण रहेपनि प्रहरीले तत्कालै बस र चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0