रौतहट । पानीको अभावका कारण सिँचाइमा समस्या भोग्दै आएका रौतहटको राजदेवी नगरपालिका–९ ब्रहम्पुरीका किसानलाई विद्युतीय मोटर वितरण गरिएको छ।

असल छिमेकी नेपाल, पोखरा र राजदेवी नगरपालिकाको सहकार्यमा स्थानीय समाजसेवी नवीन सिंहको पहलमा ५० जना किसानलाई मोटर वितरण गरिएको हो। संस्थाका कार्यक्रम संयोजक सुरेन्द्र दासका अनुसार मोटर वितरणसँगै किसानमा खुशी छाएको छ।

कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादवले किसान हितका यस्ता गतिविधिले ग्रामीण क्षेत्रको कृषि विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। किसान नरेश दासले मोटर वितरणले सिँचाइ सहज हुने र उत्पादन वृद्धि हुने बताउनु भयो ।

मोटर वितरणसँगै मेहनती किसानलाई खादा ओढाएर सम्मान पनि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0