रौतहट, ०४ भदौ
रौतहटमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको सदरमुकाम गौर नगरपालिका क्षेत्र भित्र दिन दहाडै चाकु प्रहार गरेर युवकको हत्या गरिएका छन् । गौर वडा नं ५ बरहवा तालको बिचमा रहेको झुलुंगे पुल नजिकै बुधवार दिउसो ३.१५ बजेको समयमा चाँकु प्रहार गरेर यमुनामाइ गाउँपालिका वार्ड नम्बर ५ फतुवा गोट टोल निवासी अब्दुल लतिफ मियाको २२ बर्षीय छोरा सहाबुद्दिन मियाको हत्या गरिएका हुन् । हत्या गर्ने युवक लाई प्रहरीले तत्कालै नियन्त्रणमा लिन सफल भएको छ ।

युवकलाई चाकु प्रहार गरेर हत्या गर्ने गौर नगरपालिका–३ नन्दु रामका २० बर्षीय छोरा सनोज राम रहेको र रामलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहट का सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले बताएका छन् । घटना स्थलबाट वारदातमा प्रयोग भएका चाकु बरामद भएको उनले जानकारी दिए ।

श्रोतका अनुसार मृतक र चाकु हान्ने राम दुबै जना बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि चाकु हानाहान हुँदा युवकको मृत्यु भएको छ भने चाकु प्रहार गर्नेको पनि हात काटिएको बुझिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0