
असोज ११ गते
रौतहट । रौतहटको ईशनाथ नगरपालिका – ४ स्थित महुलीया टोलमा निर्मित राजदेवी माता र बौद्धि मन्दिरको शनिबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । नगरप्रमुख कौशल्या देवी सिन्हाले विशेष पूजा अर्चना गर्दै मूर्तिको प्राणप्रतिष्ठा तथा मन्दिरको औपचारिक उद्घाटन गरेकी हुन् ।
धार्मिक आस्था र सांस्कृतिक सम्पदासँगै भौतिक पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राख्दै आएको ईशनाथ नगरपालिका तीव्र गतिमा विकासतर्फ अघि बढिरहेको स्थानीयवासीले बताएका छन् । नगरप्रमुख सिन्हाले महिला नेतृत्व प्रभावकारी र सक्षम हुने उदाहरण प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सडक, खाने पानी, बिजुली, ढल र धार्मिक स्थलहरूको संरक्षणमा उल्ले खनीय काम भएको बताइन् ।
कार्यक्रममा सहभागी स्थानीयहरूले नगरपालिका सन्तुलित विकासको दिशामा अघि बढिरहे को प्रशंसा गर्दै धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणले समाजमा एकता र समृद्धि ल्याउने विश्वास व्यक्त गरे।
नगर प्रमुख सिन्हाको स्वकीय सचिव प्रमोद यादवका अनुसार उद्घाटन कार्यक्रममा राजदेवी र बौद्धि मन्दिरको प्राणप्रतिष्ठा, हनुमान आराधना र सामूहिक पूजा अर्चना सम्पन्न गरिएको थियो।















