
रौतहट निर्वाचन क्षेत्र नं.–२ बाट नेपाली कांग्रेसका संघीय सांसद उम्मेदवार डा. फिरदौस आलम ज्युको नामांकन कार्यक्रम उल्लेख्य जनसहभागिताका साथ भव्य रूपमा सम्पन्न भएको छ।
नामांकन कार्यक्रममा ईशनाथ नगरपालिकाका युवा नेता राजु सिन्हा, नेपाली कांग्रेसका पूर्व विधायक माननीय नागेन्द्र प्रसाद सिन्हा ज्यु लगायत क्षेत्रका सम्मानित अगुवा नेता, कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित जनसमुदायले डा. आलमप्रति भरोसा व्यक्त गर्दै परिवर्तन, विकास र समृद्धिको अपेक्षासहित समर्थन जनाएका थिए। नामांकन कार्यक्रम जनउत्साह, एकता र लोकतान्त्रिक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















