रौतहट क्षेत्र नं.–२ (क) का पूर्व प्रदेशसभा सदस्य तथा जनप्रिय नेता नागेन्द्र प्रसाद सिन्हाको ७५ वर्षको उमेरमा ब्रेन हेमरेजका कारण निधन भएको छ।

आइतबारदेखि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो।

ईशनाथ नगरपालिका वडा नं.–२ निवासी स्व. सिन्हा वर्तमान नगर प्रमुख कौशल्या देवीका श्रीमान हुनुहुन्थ्यो। जीवनको अन्तिम क्षणसम्म गाउँ, समाज र क्षेत्रको सेवामा निरन्तर समर्पित रहनुभएका उहाँको निधनले समग्र रौतहट जिल्लालाई शोकमा डुबाएको छ।

सरल स्वभाव, जनमुखी नेतृत्व र सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका सिन्हा स्थानीय जनतामाझ अत्यन्त लोकप्रिय नेता थिए। उहाँले राजनीतिक माध्यमबाट क्षेत्रको विकास, सामाजिक सद्भाव र जनहितका विषयमा महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीले बताएका छन्।

स्व. सिन्हाको निधनको खबर पाएपछि उहाँको निवासमा पूर्व मन्त्री, पूर्व सांसद, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त दाह सन्सकारमा सहभागी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0