
महोत्तरी । महोत्तरीको बलवा #नगरपालिका–७, बनौटामा एक #युवकको टुक्राटुक्रा अवस्थामा शव #सेफ्टी ट्यांकीभित्र फेला परेको छ।
प्रहरीका अनुसार मृतक भंगहा नगरपालिका–६, #बिर्जौनी टोल निवासी २५ वर्षीय #विवेक सरदार हुन्। उनको शव बलवा–७ बनौटाका अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीभित्र फेला परेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा #सरदारलाई अनैतिक प्रेम सम्बन्धको विषयलाई लिएर बोलाई हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरी स्रोतका अनुसार मृतकको सोही छिमेकको टोलमा माइती रहेकी उक्त घरकी एक महिलासँग हिमचिम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार युवकको हत्या गरी शवलाई टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीमा राखिएको र त्यसपछि माथिबाट प्लास्टर गरिएको देखिएको छ।
घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















