रौतहट । बैंकिङ कसुरसम्बन्धी ११ वटा मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गरुडा नगरपालिका–७ भिमडावर निवासी दयाराम प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो।

साहविरुद्ध विभिन्न जाहेरीका आधारमा दर्ता भएका बैंकिङ कसुरसम्बन्धी ११ वटा मुद्दामा रौतहट जिल्ला अदालतले ३ महिना १५ दिन कैद र रु. ५६ लाख २८ हजार ५०० रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेकाले उनी फरार रहेका थिए।

प्रहरीका अनुसार २०८३ साल असोज १३ गते जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो।

पक्राउपछि अदालतको आदेशअनुसार कैद तथा जरिवाना भुक्तानीका लागि उनलाई कारागार कार्यालय, रौतहट गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य अभियुक्तहरूको समेत खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0