
महोत्तरी । गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले महोत्तरीको जलेश्वरमा रहेका विभिन्न मिष्ठान्न भण्डार तथा मिठाई पसलमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा गुणस्तरहीन तथा बिग्रिएका मिठाईहरू फेला परेपछि टोलीले त्यस्ता खाद्य सामग्री नष्ट गरेको छ। साथै, नियमविपरीत खाद्य सामग्री बिक्री–वितरण गरेको पाइएका पसललाई जरिवानासमेत गरिएको जनाइएको छ।
टोलीले मिठाई तथा खाद्य सामग्रीको गुणस्तर, सरसफाइ, उत्पादन तथा बिक्रीको अवस्थाबारे समेत निरीक्षण गरेको थियो। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने खाद्य सामग्रीको बिक्री रोक्न नियमित अनुगमनलाई प्रभावकारी बनाउने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















