दिपक सर्‍राफ
गौर,१४ माघ।जनता समाजवादी पार्टी रौतहटले माघ १४ गते शनिबारदेखि पालिका स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम थालेको हो।


देवाही गोनाही नगर समिती जसपा नेपालमा आवद्ध रहेका अगुवा नेताकार्यकर्ता साथै पार्टीका केन्द्रिय सर्कुलर अनुसार बृहत् सदस्यता बढाउने अभियानलाई तिब्रता दिई नवप्रवेशी अगुवा नेताकार्यकर्ताहरुलाई समावेश गराई पालिका स्तरीय समिती चयन गरिएको छ।


नगर तदर्थ देवाही गोनाही नगरपालिका समन्वय समिति(जसपा नेपाल)को बिरबहादुर यादवको अध्यक्षता २८ सदस्यीय समिती सर्वसम्मत चयन गरिएको जसपा रौतहटको अध्यक्ष श्यामविहरी यादवले बताएका थिए।


नगर तदर्थ देवाही गोनाही समिती अध्यक्ष- बिरबहादुर यादव,उपाध्यक्ष- रघुनाथ साह,उपाध्यक्ष- सेख नजिर,सचिव- कमलेश यादव,उप सचिव-दीपक साह कानु,उप सचिव- संतोष पटेल,कोषाध्यक्ष- तेतरी देवी कुम्हार,सदस्य- रामप्रवेश पटेल,सदस्य-जाहिर अंसारी,सदस्य-जयमंगल यादव,सदस्य-बिंदेश्वर पंडित,सदस्य-रमन साह,सदस्य- भोला राय,सदस्य- शैलेन्द्र पटेल,सदस्य- चंद्रभानु यादव,सदस्य- गगनदेव यादव,सदस्य- जादोलाल यादव,सदस्य- नथुनी पटेल,सदस्य- पुनिता देवी ठाकुर,सदस्य- शंकर राय यादव,सदस्य- हरिहर बैठा,सदस्य- काशी राय यादव,सदस्य- सोनालाल हजरा,सदस्य- जयराम पासवान,सदस्य- भोला बैठा,सदस्य- बिनोद पटेल,सदस्य- सरोज साह,सदस्य-परमेश्वर दास लगायत सदस्य चयन गरिएको साथै नगर तदर्थ समितिको पहिलो बैठकबाट ३ जना सदस्यहरुलाई थप गरि ३१ सदस्यीय समिती पूर्णनता पाउने हुनेछ।

जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा देवाही गोनाही नागरपालिका वर्डा नम्बर (१देखी९ सम्म)को उपस्थितीमा समिती सर्वसम्मत चयन गरिएको थियो।
जनता समाजवादी पार्टी नेपाल देवाही गोनाही नगर कमिटी द्वारा आयोजित पार्टी जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता एवं पार्टीका केद्रीय राजनीतिक समिति सदस्य बिश्वनाथ पटेलको प्रमुख अतिथ्यमा बौधिदेवी प्रा.वि. प्रेमपुर गोनाहीको प्रांगनमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको थियो।

कार्यक्रममा विशिस्ट अतिथि केन्द्रीय सदस्य चुल्हाई राय यादव, अतिथि- मधेश प्रदेश समिति सदस्य एवं जिल्ला इंचार्ज राम आशीष यादव,मदेश प्रदेश समिति सदस्य एवं जिला सह-इंचार्ज राजकुमार दास, मधेश प्रदेश समिति सदस्य ईश्वरी राय यादव, जिल्ला सह-सचिव शम्भू यादव लगायत सयौंको संख्यामा भव्य सभ्य कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0