चैत १९ गते
दिपक साह
रौतहट जिल्लाको दक्षिणी भेगस्थित ईशनाथ नगरपालिका वडा न.-८ मनसरी टोलमा रहेको श्री रईस प्राथमिक बिधालयमा आईतबार १८ लाखको बिधालय भवनको शिलान्यास गरिएको छ।

बिगतका दिन देखि पुरानो भत्किने खालको बिधालय भवनमा एउटै कोठामा दुई कक्षाको बिद्यार्थीलाई पढाउनमा कठिनाइ हुदै आईरहेको थियो। विद्यार्थीहरुलाई सहज र सरल ढंगले पठनपाठन होस भन्ने नगर प्रमुख श्रीमती कौशल्या देवीले एक कोठे दुई तल्लो भवन शिलान्यास गरेका हुन् ।

उक्त बिधालय भवनको निर्माण कार्यक्रम बारा जिल्लाको सिम्रोनगढ नगरपालिकाको ठिकदारले टेन्डर लिएका हुन। यसपालि दुई वटा भवनको टेन्डर दिएको छु काम भइरहेकै छ फेरि आउदो सालमा बाकी रहेको तीन वटा भवन माथी दुई तल्लो भवन बनाउने छु नगर प्रमुख श्रीमती कौशल्या देवीले बताएका हुन।

यस्तै एक कोठे दुई तल्लो भवन काम हुँदै गरेको छ। बाकी भवनको निर्माण तथा कक्षा ८ सम्म संचालन गर्न प्रक्रिया अगाडि बढाएको जानकारी गराइएका हुन। कार्यक्रममा नगर प्रमुख श्रीमती कौशल्या देवी ज्यूले विकासका लागि संकल्पका साथ सक्रिय भइरहेको बताए ।

नगर प्रमुख देवीले गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह पनि गरेका हुन । ईशनाथ नगरपालिकालाई देशमै नमूना पालिकाका रुपमा स्थापित गर्न चाहन्छु कौशल्या देवीले भने, विकास निर्माणको काममा सबैको सहयोगको अपेक्षा गर्दछु ।

सो कार्यक्रमको अध्यक्षता ईशनाथ नगरपालिका वडा न.-८ को वडा अध्यक्ष सेख खुश्बुदिन हाजिसाहबले गरेका थिए । यस्तै कार्यक्रममा प्र.प्र.अ.उपसचिव भुदेव झा नगर उपप्रमुख मो.प्रवेज आलम, वडा अध्यक्ष सेख खुश्बुदीन हाजीसाहब, नेपाली काङ्ग्रेसको वडा सभापति सेख रैइस आलम लगायत विभिन्न समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0