चैत ३० गते
दिपक साह
रौतहट/पूर्व निर्धारित कार्यक्रम अनुसार गरुडा नगरपालिका वडा नम्बर ४ स्थित रहेको श्री नमूना माध्यमिक बिधालय गरूडाकाे प्रांगणमा आज बिहान ७ बजेदेखि १० बजे सम्म सार्वजनिक सुनवाइ कार्यक्रम साथै पारदर्शी र जवाफदेही स्थानीय सरकार गरूडा नगरपालिकाकाे अभियान भन्ने मूल नाराकाे साथ नगरवासीको साथ र सहयोगका साथ कार्यक्रम सम्पन्न भएको हो ।

आम नागरिकको राय, सुझाव र सल्लाहको आधारमा विकास निर्माण कार्य लगायतको काम अगाडि बढाउने कार्यक्रमको उद्देश्य नगर प्रमुख कन्थमणी जैसवाल ज्यूले राख्नु भएको थियो।

जिल्ला समन्वय समिति राैतहटका सभापति आदरणिय रामअयाेध्या प्रसाद यादवज्युको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नगरवासी तथा बिभिन्न सरोकारवालाले राख्नु भएका जिज्ञासा,गुनासो तथा उठाउनु भएका सवालहरुको सरल सटिक जवाफ गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद कलवार ज्युले दिनु भएको भयो ।

नगरपालिकाको प्रगति, उपलब्धि र चुनौती तथा समस्याहरु समेत सार्वजनिक सुनवाई मार्फत प्रस्तुत गरिएको थियो । गरुडा नगरलाई सुन्दर र समृद्ध भविष्य निर्माणको लागि विकासको खाका कोर्न अधिकतम् प्रयास र प्रयत्न हाम्रो रहिरहने नगर प्रमुखले प्रतिबद्धता ब्यक्त गर्नु भयो |

कार्यक्रममा सहभागीहरुको जिज्ञासा राख्नु भएका कतिपय कुराहरु जस्तै शिवनगरमा स्नान घर,थप एम्बुलेन्स खरिद लगायतको योजना नगरपालिकाले यस अघि नै राखिसकेको नगर प्रमुखले बताउनु भयो ।

साथै आम नागरिकले उठाउनु भएका बिषय,जिज्ञासा तथा गुनासा लगायत बिगतमा भएका कमि-कमजोरीलाई सच्याउदै अगामी दिनमा नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउने र नगरपालिकालाई समृद्धिको बाटो लैजाने तर्फ अग्रसर हुने प्रतिबद्धता नगरप्रमुखज्युले ब्यक्त गर्नु भयो ।

समग्रमा आफ्नो अमूल्य समय खर्चेर यस कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण अथिती, सरोकारवाला व्यक्ति, सेवाग्राही लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई यस गरुडा नगरपालिकाको तर्फबाट विशेष विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0